मधेसी मोर्चाका कार्यकर्तालाई खुवाउन रक्सौलमा सञ्चालन गरिएको निःशुल्क मेस बन्द
3-November-2015

वीरगन्ज, १८ कात्तिक– मितेरी पुलमा धर्नामा बसेका नेताकार्यकर्ताका लागि भारतीय व्यापारीले रक्सौलमा सञ्चालन गरेको निःशुल्क मेस सोमबार बिहानदेखि बन्द गरिएको छ ।

नाकामा धर्ना सुरु भएको दिन असोज ७ गतेदेखि नै रक्सौलका व्यापारी महेश अग्रवालले मोर्चाका नेताकार्यकर्तालाई बिहान–बेलुकै खाना खुवाउन निःशुल्क मेस चलाउँदै आएका थिए । मेसमा झन्डै एक हजार आन्दोलनकारीले खाना खादैँ आएका थिए । सोमबार भारतीय युवकको मृत्यु भएपछि मेस बन्द भएको हो । मोर्चाका नेताहरूले मंगलबार अग्रवाललाई भेटेर मेस पुनः सञ्चालन गर्न आग्रह गरेपनि उनले मानेका छैनन् ।
–अन्नपूर्ण पोस्टबाट

Write a Comment

Events
Random Picks