काठमाडौंका एसएसपी भन्छन 'राती १० बजेपछि देउसी भैली खेल्नेलाई समात्छु'
10-November-2015

काठमाडौं कात्तिक २४  |

काठमाडौं प्रहरी परिसरले तिहारका बेला राती १० बजेपछि देउसी भैली नखेल्न सबैसँग आग्रह गरको छ ।

स्थानीय प्रसाशनको स्वीकृति लिएर मर्यादीत ढंगबाट देउसी भैली खेल्न आफूहरुले सबैको ध्यानाकर्षण गराएको एसएसपी विक्रमसिंह थापाले जानकारी दिए । उनले राती १० बजेपछि देउसी भैली खेल्नेलाई पक्राउ गरि कारबाही  गर्ने चेतावनी दिए ।

kathmandhu ssp /jukson.com

साथै उनले जुवातास नखेल्न र खेले कारबाही गर्ने चेतावनी दिएका छन् । त्यस्तै सार्वजनिक स्थलमा धुम्रपान गर्नेहरुलाई काउन्सेलिङ गर्न परिसरले २ सय वटा क्युआरटी टोली गठन गरेको उनले बताए । त्यो टोलीले सार्वजनिक स्थानमा धुम्रपान गर्नेहरुलाई पहिलो चरणमा काउन्सेलिङ गर्ने र नमाने कानुनी दायरामा ल्याउने थापाले बताए ।

सार्वजनिक स्थलमा धुम्रपान गर्नु  लागू औषध दुब्र्यसनीमा फस्नुको पहिलो खुड्किला भएको भन्दै उनले धुम्रपान गर्नेहरुलाई अब नछाडिने बताए । साथै क्युआरटी टोलीले अपराध नियन्त्रणमा पनि अहम भूमिका खेल्ने उनले बताए ।

 

source:setopati

Events
Random Picks