ट्रकमा मोटरसाइकल ठोक्किँदा चारको मृत्यु
10-November-2015

चन्द्रपुर नगरपालिका–१३

स्थित गौर चन्द्रनिगाहपुर सहायक राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । 

accident/jukson.com

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार चन्द्रनिगाहपुरबाट गौरतर्फ जांँदै गरेको ना ३३ प २०६८ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउंँदै गरेको ना ५ ख ९७९२ नंको मिनी ट्रक जुध्दा मोटरसाइकलमा सवार सबैको मृत्यु भएको हो । 

 

मृत्यु हुनेमा स्थानीय औरैया गाविस–२ बस्ने २२ वर्षीय विवेक सिंह, २५ वर्षीय जयप्रकाश गुप्ता, २४ वर्षीय कामोद सिंह र सखुअवा धमौरा गाविसका २६ वर्षीय रुपेशकुमार यादव छन् । 

 

प्रहरीका अनुसार घाइते भएका गुप्ताको उपचारका क्रममा चन्द्रनिगाहपुर अस्पतालमा तथा बांँकीको घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि मिनी ट्रकका चालक फरार छन् । शव परीक्षणका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ । रासस 

 

source: setopati

Write a Comment

Events
Random Picks