निजी सवारी साधनले पनि यसै साता तेल पाउँछन्ः निगम
16-November-2015

३० कात्तिक |

नेपाल आयल निगमले यसै साता निजी सवारी साधनले पनि केही परिमाणमा तेल पाउने जनाएको छ। अहिले विरगञ्ज नाका बाहेक  अन्य नाकाबाट केही परिमाणमा आइरहेको इन्धनलाई व्यवस्थित रुपले  अन्य पम्पबाट निजी सवारी साधनका लागि पनि तेल वितरण गर्न सकिने अवस्था आएको निगमले बताएको छ।

NOC / jukson.com

निगम कार्यकारी निर्देशक गोपाल बहादुर खड्काका अनुसार यसको लागि अहिले निगमले कसरी र कति परिमाणको तेल निजी सवारी साधनलाई वितरण गर्न सकिने भन्ने बारे गृहकार्य भइरहेको छ। तर आज नै यो दिन र यो पम्पबाट वितरण हुन्छ भनेर भन्न सकिने अवस्था रहेको छैन। यसको लागि तयारी गरिरहेको उनले बताए।

 

तेल बाँड्नुभन्दा एक दिन अगाडि नै निगमले कति परिमाण कुनकुन पम्पबाट कसरी र कति वितरण गर्ने भन्ने बारेमा सर्वसाधारण उपभोक्तालाई जानकारी दिने खड्काले सेतोपाटीसँग बताए।

 

साथै निगमले कुन किसिमका सवारी साधनले कुन पम्पबाट कति तेल पाउने निर्धारण पनि सोही दिन नै गरिने उनले जानकारी दिए।

 

निगमले निजी सवारी साधनका लागि १९, २० र २१ कात्तिकमा कोटा प्रणालीमा लट अनुसार तेल वितरण गरेको थियो। त्यसपछि निगमले मौज्दात तेल कम रहेको भन्दै अत्यावश्यक सवारी साधन र सुरक्षा निकायलाई भन्दा अरुकसैलाई वितरण गरेको थिएन। तिहारको समय र तिहार पछि विभिन्न नाकाबाट आएको केही परिमाणको तेललाई व्यवस्थित गर्दै पुनः एकपटक केही परिमाण तेल निजी सवारी साधनका लागि पनि वितरण गर्ने भएको हो।

 

source:setopati

Write a Comment

Events
Random Picks