सिनेमा हल चोरीको प्रयास गर्ने भारतीय युवक पक्राउ
17-November-2015

चितवन, मङ्सिर १ |

चितवनको सुविधायुक्त जलमा सिनेमाहलमा सिसी क्यामेराको तार चुँडालेर चोरीको असफल प्रयास भएको छ । एक भारतीय पक्राउ परेका छन् । सिसी क्यामेरामा सबै कुरा देखिन्छ भनेर उनले पहिले क्यामेराको तार चुँडालेका थिए । 

 

चितवनका प्रहरी नायब उपरीक्षक राजन अधिकारीका अनुसार गएराति करिब १२/१ बजेको समयमा यस्तो घटना भएको हो । 

 

सिनेमा हलमा राखिएको सिसी क्यामेराको तार काटी ढोकाको तालासमेत फोरेर चोरीको असफल प्रयास भएको अधिकारीले बताए। सोही घटनामा हलको इलेक्ट्रिसिएन काम गर्ने एकजना भारतीय नागरिकलाई राति नै पक्राउ गरिएको छ। 

 

अधिकारीका अनुसार भारत उडिसा घर भई विगत एक वर्षदेखि चितवनमा बसेर इलेक्ट्रिसिएन काम गर्ने २० वर्षीय अर्जुनकुमार जेन क्षेत्री पक्राउ परेका हुन् । 

 

अनुसन्धान गर्दै जाँदा अन्य केही व्यक्तिसमेत परेको र खोजी भइरहेको प्रहरीले जनाएको छ। जलमा हलका सञ्चालकले काममा लगाइदिन्छु भनेर नलगाइदिएकाले आफूले यस्तो गरेको उनले प्रहरीलाई बयान दिएको जनाइएको छ। रासस 

Write a Comment

Events
Random Picks