नाकाबन्दी खुलेपछि विद्युत्त महसुल बढ्ने
17-November-2015

काठमाडौं – विद्युत्त महसुल निर्धारण आयोगले औसत १८.३५ प्रतिशत बिजुलीको भाउ बढाउन प्रस्ताव तयार गरेको छ । आयोगले हालको महसुल संरचनामा परिमार्जन गरी नयाँ महसुल दर तोक्ने तयारी गरेको छ । प्रस्तावित महसुल दरमा आयोगले ७ तहका अतिरिक्त खपतका आधारमा दर र दायरा दुवै बढाएको छ । यस्तै मिटरको क्षमता एम्पियरअनुसार महसुल दर प्रस्ताव गरिएको छ ।

सिंगल फेल लाइनमार्फत ५ देखि ६० एम्पियरसम्मका ग्राहकको महसुल दर प्रतियुनिट न्यूनतम ३ रुपैयाँदेखि बढीमा १४ रुपैयाँसम्म तोकिएको छ । यसपटक महसुल दरसँगै न्यूनतम शुल्क निर्धारण गरिएको छ, जसअनुसार २० युनिटमा विद्युत्त खपत गर्ने साना ग्रार्हस्थ्यको महसुल १० रुपैयाँ बढाएर ९० रुपैयाँ पुर्याइँदैछ भने साना ग्रार्हस्थ्यको दर ८० रुपैयाँ छ, आजको कारोबार दैनिकमा खबर छ ।

Write a Comment