पेट्रोल पम्पले कम परिमाण निस्कने, बढी परिमाण देखिने उपकरण जडान गरेको खुलासा, आठ पम्पका १६ समातिए
23-November-2015


काठमाण्डु, ८ मंसिर– पेट्रोलपम्पमा बढी परिमाण इन्धन देखाउने उपकरण जडान गरी उपभोक्तालाई झुक्याएर कालोबजारी गरेको आरोपमा प्रहरीले आठ पेट्रोल पम्पका सञ्चालकसहित १६ जनलाई पक्राउ गरेको छ । उनीहरुलाई ठगीमा मुद्धा चलाउने प्रयोजनका लािग अुनसन्धान गर्न अदालतले सोमबार सात दिनुसम्म थुनामा राख्न अुनमति समेत दिएको छ ।

राजधानीका अधिकांश पेट्रोल पम्पले कम परिमाण निस्कने तर बढी परिमाण देखिने उपकरण जडान गर्दै उपभोक्तलाई ठगी गरेको उजुरीका आधारमा प्रहरीले पम्प सञ्चालक एवं सम्बद्ध व्यक्तिहरुलाई पक्राउ गरेको छ । अनुगमनका आधारमा उपभोक्तालाई रकम अनुरुपको पुरै पेट्रोल डिजेल नदिई लुकाउने गरेको भेटिएपछि प्रहरीले काठमाण्डु, ललितपुरका पम्पमा शुक्रबार र शनिबार छापा मारेको थियो ।
अन्नपूर्ण पोस्टबाट

Events
Random Picks