अछाममा छाउगोठमा एक युवतीको मृत्यु
2-December-2019


डोटी, १६ मंसिर

सुदूरपश्चिम प्रदेशको अछाममा छाउगोठमा गए राति एक युवतीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती रावतको मृत्यु भएको हो ।घटनाबारे अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी टोली त्यसतर्फ खटिएको अछाम प्रहरीले जनाएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ । अछाममा अहिलेसम्म छाउगोमै १४ महिलाको मृत्यु भइसकेको छ ।

Write a Comment

Events