लेखनाथमा सोमबार ग्यास बितरण गरिने स्थानहरु (परिमाण सहित)
28-November-2015

माधब भुसाल पोखरा, मंसीर १२ । कास्कीको लेखनाथमा सोमबार ग्यास बितरण गरिने भएको छ । जिल्ला प्रशासन कार्यलय कास्कीले दिएको जानकारी अनुसार लेखनाथमा ७.१ केजीका दुइ हजार आठसय एक वटा ग्यास बितरण गर्न लागीएको हो । 

लेखनाथका ११ वटा अधिकृत विक्रेता मार्फत ग्यास बितरण गरिनेछ । मजुवाको कल्पना स्टोर्स बाट ५५, कालिका क्रंक्रिट एण्ड ब्लक उद्योग, लामेआहाल बाट २३३, ओम आर.वि. स्टोर्स, राजचौताराबाट १४०, प्रितम किराना स्टोर्स, भण्डारढिक ७००, एस. शिशुवा ग्याँस सप्लायर्स, शिशुवा ३०० वि. विउविजन केन्द्र, वेगनास २००, राजंवशी खाद्यान्न स्टोर्स, कालिकाचोक २०० र  अनु ग्याँस खाद्य सप्लायर्स, अघौंचोकबाट ३०० वटा शक्ति ग्यास ग्यास बितरण हुनेछ । 

यस्तै गृहलक्ष्मी ग्यास बितरण हुने स्थानहरुमा महेश इन्टरप्राइजेज, शिशुवाबाट २५० , ए.वि. ट्रेडर्स, सातमुहान ७५ , कालिका सप्लायर्स, बुढीबजार ३४८ वटा ग्यास बितरण गरिने जनाइएको छ ।  वितरण गर्दा अधिकृत विक्रेताले स्थानीय जनप्रतिनिधि टोल विकास संस्था, नागरिक समाज, वडा मन्च समेतका समुस्थितिमा लाइन लगाई नाम, ठेगाना र हस्ताक्षर सहितको अभिलेख तयार गरी वितरण गर्ने गराउने समते समितीले निर्णय गरेको छ । 

 

Write a Comment

Events
Random Picks