४७१ मध्ये २३० चिकित्सक फेल
29-November-2015

काठमाडौं मंसिर १४ / नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षामा सहभागी ४ सय ७१ एमबीबीएस चिकित्सकमध्ये २ सय ३० जना अनुतीर्ण भएका छन् ।
कान्तिपुर दैनिकमा समाचार छ ।

लाइसेन्स परीक्षामा एमबीबीएस र बीडीएस उतीर्ण ५ सय १३ परीक्षार्थी सहभागी थिए । एमबीबीएस गरेका ४८ प्रतिशत र वीडीएसका ८७ प्रतिशत विद्यार्थी फेल भएका छन् काउन्सिलका प्रवक्ता डाक्टर कृष्ण अधिकारीले भने ।

दन्त चिकिच्सक ४१ मध्ये ३५ जना अनुतीर्ण भएका छन् ।

Write a Comment

Events
Random Picks