पुसमा पोखरा सडक महोत्सव
1-December-2015

पोखरा, १५ मंसिर |

पर्यटन प्रवद्र्धनको लक्ष्यसहित रेष्टुराँ एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले १७ औं सडक महोत्सव आयोजना गर्ने भएको छ । पुस १३ देखि १७ गतेसम्म आयोजना हुने महोत्सवको तयारीलाई तिब्र बनाइएको रेवानले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

‘पर्यटन प्रवद्र्धन गर्न पोखार सडक महोत्सव’

‘पर्यटन प्रवद्र्धन गर्न पोखार सडक महोत्सव’

‘सडकमै खाउँ, सडकमै रमाऔं’ मूल नाराका साथ आयोजित सडक महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने रेवान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए ।

गत वैशाखमा गएको भूकम्पबाट शिथिल बनेको पर्यटन क्षेत्रमा अहिले तराईमा जारी आन्दोलन र भारतले लगाएको नाकाबन्दीका कारण झनै बढी असर परेको छ । नाकाबन्दीले खाद्यान्न र इन्धन अभाव हुँदाहुँदै पनि पर्यटन व्यवसायीले पोखरा भित्रिएका सीमित पर्यटकलाई सेवा पु¥याउँदै आइरहेको भट्टराईले बताए । ‘अभावै अभावका बीच पनि सडक महोत्सवलाई निरन्तरता दिँदैछौं,’ उनले भने, ‘महोत्सवमा सकेसम्म धेरै आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन पहल गर्नेछौं ।’

महोत्सवका अवसरमा सडकमा पोखराका तारेदेखि सामान्य होटलहरुले खानाका स्टलहरु राख्नेछन् । महोत्सव अवधी भर पैसा तिरेर पनि हेर्न नपाउने लोपउन्मुख सांस्कृतिक झलकहरु प्रस्तुत गरिने भट्टराईले जानकारी दिए । राष्ट्रियस्तरका कलाकारहरुको सांस्कृतिक प्रस्तुति र आतशबाजी पनि महोत्सवको आकर्षण बन्नेछ । सबै भन्दा आकर्षण लेकसाइडको सडक नै बन्नेछ, जहाँ माग अनुसारका खानाका परिकारहरु खान पाइनेछ ।

फेवातालको छेउमा रहेको लेकसाइड क्षेत्रको सडकमा महोत्सव आयोजना गर्दा खुल्ला वातावरणमा रमाइलो प्राप्त गर्न सकिने महोत्सवका संयोजक दोर्जे लामाले बताए । एउटै सडकमा संसारमा कस्ताकस्ता किसिमका खानाहरु छन् भनेर दर्शकले अवलोकन गर्न पाउने उनले बताए । ‘परिवार र साथीभाइ मिलेर सडकमा विभिन्न प्रकारका खानेकुरा खाँदै रमाइलो गर्न महोत्सव प्रख्यात बनेको छ,’ उनले भने । पारिवारिक वातावरणमा सडकमा महोत्सव आयोजना हुने उनको दावी छ ।

 

source:Ganthan.com

Write a Comment

Events