उपभोक्ता ठगी र कालोबजारी अभियोगमा दुगड ग्रुपका सबै खाता जफत
5-December-2015

खाने तेलमा बढी मूल्य राखेर बिक्री गर्ने के एल दुगड ग्रुपका सबै खाता प्रहरीले नियन्त्रणमा लिएको छ । उपभोक्ता ठगी र कालोबजारी अभियोगमा तानिएको दुगडका आर्थिक कारोबारको पारदर्शितामाथि प्रश्न उठाउँदै प्रहरीले तेल उत्पादन तथा बिक्री वितरण सम्बन्धि सम्पूर्ण खातापाता अनुसन्धानका लागि जफत गरेको हो ।

काठमाडौं जिल्ला अलालतले आरोपितलाइ हिरासतमा राखेर अनसन्धान गर्न अनुमति दिइसकेको छ ।

‘मुलुकमा देखापरेको पछिल्लो असहज परिस्थिति अघि र त्यसपछि गरिएका आर्थिक हिसावकितावको अनुसन्धानका लागि खाता नियन्त्रणमा दिएका छौं,’ काठमाडौं प्रहरी प्रवत्तःा एसपी विश्वराज पोखरेलले भने, ‘यसबाट के कति वस्तुमा कालोबजारी भयो भन्ने यकिन विवरण आउनेछ ।’

प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्यालले समेत ठगी र कालोबजारीजस्ता अपराधविरुद्दको कारबाहीलाई प्रभावकारी रुपमा अघि बढाउन निर्देशन दिएका छन् । आजको कारोबार दैनिकमा खबर छ ।

Events
Random Picks