भारतबाट धमाधम मालबाहक गाडी नेपाल भित्रिँदै, कहाँ–कस्तो छ अवस्था
11-December-2015

काठमाडौं, मंसिर २५ । भारतले लगाएको अघोषित नाकाबन्दी केही खुकुलो बन्दै गएको छ । आन्दोलनरत् मधेसी मोर्चाका नेताहरु भारतबाट फर्किएर सरकारसँग वार्ता गर्न सुरु गरेलगत्तै भारतीय नाकाबन्दी खुकुलो बन्दै गएको हो ।

भारतसँग सीमा जोडिएका अधिकांश नाकाबाट आपूर्ति बढ्न थालेको छ । प्रमुख तीन दल र संयुक्त मधेसी मोर्चाबीच निर्णायक तहमा वार्ताको पहल भइरहँदानेपाल–भारत सीमा नाका पनि खुकुलो बन्दै गएका छन् ।

भारतको निमन्त्रणा मानेर दिल्लीबाट फर्किएलगत्तै सहमतिका लागि मधेसी मोर्चाका नेता लचक देखिएसँगै सीमा नाकाहरु पनि खुकुलो बन्दै गएका हुन् ।

साढे दुई महिनाभन्दा लामो समयदेखि सहज रुपमा नेपाल भित्रन नसकेका मालबाहक र पेट्रोलियम पदार्थका गाडी बुधबारयता भटाभट नेपाल भित्रिँदै छन् ।

 source :.imagekhabar.com

Write a Comment