पोखराका अनलाइन पत्रकार संगठित
12-December-2015

पोखरा, २६ मंसिर /पोखरामा कार्यरत अनलाइन पत्रकारहरुको भेलाले रामजीप्रसाद लम्सालको संयोजकत्वमा १४ सदस्यीय तदर्थ समिति गठन गरेको छ । एक सदस्य पछि थप गर्ने गरी तदर्थ समिति गठन गरेको हो । समितिको सदस्यहरुमा गौरव त्रिपाठी, अरुण गिरी, सागरराज तिमिल्सिना, तारा पौडेल, रञ्जन अधिकारी, गोकुल बानिया छन् ।

यसैगरी उमेश पुन, नरहरी पौडेल, रेम विक, सुसन घिमिरे, प्रकाश ढकाल, एकराज गिरी र विष्णु अधिकारी सदस्यमा चयन भएका छन् । अनलाइनका समस्यालाई एकीकृत रुपमा अगाडि बढाउन समिति गठन गरेको संयोजक लम्सालले जानकारी दिए । उनले अनलाइनलाई सञ्चालन गर्न कठिनाइ रहेको र सरकारले पनि कानुन बनाएर दायरा बनाए कानुनको परिधि भित्र ल्याउन नसकेको बताए ।

उनले सरकारलाई कानुन बनाउन र अन्य समस्या सगँ जुधेर काम गर्न एक हुनु परेको बताए । भेलामा नेपाल पत्रकार महासघका पूर्व उपाध्यक्ष बद्रीबिनोद प्रतिक, प्रेस युनियन नेपालका उपाध्यक्ष रमेश पौडेल, प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बराल लगायतले शुभकामना दिएका थिए ।

Copy : http://ganthan.com/pokhara-2/pokhara-online/

Events
Random Picks