पोखरामा सोमबार ३३ पम्पबाट १ लाख ६८ हजार लिटर डिजेल बितरण हुँदै
13-December-2015

पोखरा, मंसीर २७ । नेपाल आयल निगमको गगनगौंडा डिपोले सोमबार गण्डकी र धौलागिरीका लागि २ लाख ६० हजार लिटर डिजेल बितरण गर्ने भएको छ । भारतको नाकावन्दीपछि यो नै ठुलो परिमाणको डिजेल बितरण गर्न लागिएको हो । कास्कीका लागि १ लाख ६८ हजार, धौलागिरीका लागि ५६ हजार, तनहुँका लागि २४ हजार र स्याङजामा १२ हजार लिटर डिजेल बितरण हुने गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियशनका महासचिव राजन गोगंजुले जानकारी दिए ।

गोगंजुका अनुसार सोमबार विहान ८ बजे देखी कास्कीका ३३ वटा पम्पबाट एकैसाथ डिजेल बितरणको व्यवस्था मिलाइएको छ । कास्कीका ३३ पम्पबाट १ लाख ६८ हजार लिटर बितरण गरिने छ । केही दिनको अन्तरालमा ठुलो परिमाणमा डिजेल बितरण भएपछि बजार केही सहज हुने अनुमान गरिएको छ ।

कास्कीको लेखनाथका बेलकम टे«डर्स, विन्दबासीनी आयल स्टोर्सबाट ६÷६ हजार लिटर डिजेल बितरण हुनेछ । यस्तै लेखनाथका पश्चिमाञ्चल टे«डर्स, पृथ्वीराजमार्ग पेट्रोलियम प्रा.लि, शुभजगदम्बा आयल स्टोर्स, इन्द्रज्योति आयल स्टोर्स र जुपिटर आयल स्टोर्सबाट प्रति पम्प ४ हजार लिटरका दरले डिजेल बितरण हुनेछ ।

यसैगरी पोखराका श्रीओम पेट्रोलियम टे«डर्स, नमिता टे«डर्स, सारदा आयल, पञ्चरत्न आयल र जगदम्बा आयल स्टोर्स, कालिका पेट्रोल पम्प, सागर आयल र जयबुद्ध आयलबाट प्रति पम्प ६ हजार लिटरका दरले बितरण हुनेछ । भने बाँकी रहेका डि आर आयल स्टोर्स, गण्डकी पेट्रोलियम कम्पनी, ऋषि एण्ड ब्रदर्श साझा पम्प, मनकामना आयल स्टोर्स, हिमालयन पेट्रोलियम कम्पनी, अन्नपूर्ण आयल, बि एस आयल, बृहस्पती आयल, अटोक्लिन, रानीपौवा, बराल आयल, विश्वास आयल, उत्तम आयल, लान्दु्रुक पेट्रोलियम, पराजुली, थापा आयल स्टोर्स र नेशनल टे«डिङबाट प्रति पम्प ४ हजार लिटरका दरले डिजेल बितरणको व्यवस्था मिलाउने जिल्ला आपूर्ति समितिले निर्णय गरेको गोंगजुले जानकारी दिए ।

शसस्त्र प्रहरी बलले संचालन गरेको कालिका फ्यूल स्टेशनबाट भने २० हजार लिटर बितरण गरिने छ ।

नेशनल ट्रेडिङबाट होटल एशोसियशन अफ नेपाल हानको सिफारिसमा होटलका जेनेरेटरका लागि २ हजार लिटर र वित्तिय संस्थाका लागि १ हजार ६ सय लिटर बितरण गरिनेछ भने प्रति वित्तिय संस्थाका जेनेरेटरका लागि ३ हजार रुपैया बराबरको डिजेल उपलब्ध गराइनेछ ।

पम्पहरुले लामो दुरीको ठुलो बसका लागि ६ हजार रुपैयाको, लामो दुरीको ठुलो ट्रकका लागि ५ हजार रुपैयाको, ग्रामिण रुटमा चल्ने बस ४ हजार रुपैया बराबरको, मिनिबस र हायसका लागि ३ हजार ५ सय रुपैया बराबरको डिजेल उपलब्ध गराईने छ भने ऋषि एण्ड व्रदर्शबाट सरकारी गाडीका लागि २ हजार ५ सय रुपैयाको डिजेल बितरण गरिनेछ ।