प्रहरीले गोप्य राखेको एउटा भयानक दुर्घटना
15-December-2015

काठमाडौं – गृह प्रशासनले माइतीघर मण्डलामा शनिबार बिहान भएको एउटा ज्यानै जानेसम्मको सडक गम्भीर सडक दुर्घटनालाई गुपचुप राखेको छ ।

प्रहरीले दुर्घटनापछि गरिने सामान्य तर अनिवार्य प्रक्रियासमेत मिचेर त्यससम्बन्धी सूचना गोप्य राख्न खोजेको छ । प्रहरीको उच्च नेतृत्वले दुर्घटनामा कोही पीडित नभएको र व्यक्तिगत भन्दै सूचना गोप्य राखेको हो ।

प्रहरीका उच्च अधिकारीले घटनाबारे खुलेर कुरा गर्न र आधिकारिक जानकारी दिनसमेत मानिरहेका छैनन् । घटनास्थल नजिकै नेपाली सेनाको मुख्यालय र महानगरीय प्रहरीका सिसी क्यामेराले समेत अनुगमन गरिरहेको हुन्छ ।

घटनासम्बन्धी सिसी क्यामेरा रेकर्ड माग्दासमेत प्रहरीका जिम्मेवार अधिकारीले त्यतिबेला अँध्यारो हुने भएकाले केही पनि नदेखिएको दाबी गरे । तर, घटनास्थल सोलार बत्तिले उज्यालो छ ।

काठमाडौंका विभिन्न स्थानमा शनिबार बिहान साढे तीन बजेदेखि अनियन्त्रित गतिमा हुुइँकिएको गाडी माइतीघर मण्डलामा पुगेर दुर्घटना भएको थियो । अनियन्त्रित गाडी थापाथलीबाट हुइँकिँदै मण्डला घुमेर थापाथलीतिरै मोड्न खोज्दा दुर्घटना भई उत्तानो परेको प्रत्यक्षदर्शीले देखेका थिए । आजको नागरिक दैनिकमा खबर छ ।

Write a Comment

Events
Random Picks