पोखरा र लेखनाथमा शुक्रबार मोटरसाईकल र स्कुटरलाई पेट्रोल वितरण गर्ने
23-December-2015

पोखरा, ८ पुस |

petrol

नेपाल आयल निगम गगनगौडा डिपोले शुक्रबार मोटरसाईकल र स्कुटरलाई पेट्रोल वितरण गर्ने भएको छ ।

मिति २०७२।९।७ गते बसेको वैठकले निम्न लिखित पेट्रोल पम्पहरुबाट निम्न परिमाणमा पेट्रोलियम पदार्थ वितरण गर्ने निर्णय गरियो ।

मिति २०७२।९।१० गते निम्नानुसारका पेट्रोल पम्पहरुबाट निम्नानुसारको पेट्रोलियम पदार्थ वितरण गर्ने ।

वेलकम ट्रेडर्स, गगनगौडा पेट्रोल ४००० जोर नम्बर मात्र
पृथ्वीरामार्ग पे.प्रा.लि. डाडाकोनाक पेट्रोल ४००० विजोर नम्बर मात्र
शुभजगदम्बा आयल स्टोर्स, डाडाकोनाक लेखनाथ पेट्रोल ४००० जोर नम्बर मात्र
इन्द्रज्योती आयल, बुढीबजार पेट्रोल ४००० विजोर नम्बर मात्र
जुपिटर ट्रेडर्स, विजयपुर पेट्रोल ४००० जोर नम्बर मात्र
श्रीओम पेट्रोलियम ट्रेडर्स, चाउथे पेट्रोल ४००० (निजामति÷संस्थानका कर्मचारी मात्र )

नमिता ट्रेडर्स, औद्योगिक क्षेत्र पेट्रोल ३००० जोर नम्बर मात्र
गण्डकी पेट्रोेलियम कं, अमरसिहचोक पेट्रोल ४००० शिक्षक÷प्राध्यापक÷शैक्षिक प्रतिष्ठानका कर्मचारी मात्र
मनोकामना आयल स्टोर्स, वुद्धचोक पेट्रोल ६००० विजोर नम्बर मात्र
शारदा आयल, रंगशाला गेट पेट्रोल ४००० जोर नम्बर मात्र
नेशनल ट्रेडिङ्ग, वसपार्क पेट्रोल ४००० स्वास्थ्य कर्मी, अधिवक्ता, वित्तिय संस्था÷एयरलाईन्स, गै.स.स., र अन्य कर्मचारी मात्र

पञ्चरत्न आयल वसपार्क पेट्रोल ४००० जोर नम्बर मात्र
हिमालयन पे.कं लि., नागढुंगा पेट्रोल ४००० विजोर नम्बर मात्र
अन्नपूर्ण आयल विरौटा पेट्रोल ३००० विजोर नम्बर मात्र
कमला आयल स्टोर्स, नागढुंगा पेट्रोल ६००० जोर नम्बर मात्र
जगदम्बा आयल, विरौटा पेट्रोल ४००० जोर नम्बर मात्र
वि.एस. आयल स्टोर्स, छोरेपाटन पेट्रोल ४००० विजोर नम्बर मात्र
न्यू विवेक आयल, नयाबजार पेट्रोल ४००० विजोर नम्बर मात्र
अटो क्लिन, नयाबजार पेट्रोल ६००० जोर नम्बर मात्र
कालिका पेट्रोल पम्प, जिरो कि.मी. पेट्रोल ४००० प्रहरी÷शसस्त्र प्रहरी÷नेपाली सेना, र पत्रकार मात्र

रानिपौवा आयल, रानीपौवा पेट्रोल ६००० जोर नम्बर मात्र
बराल आयल, मासबार पेट्रोल ६००० विजोर नम्बर मात्र
विश्वास आयल,मालेपाटन पेट्रोल ३००० विजोर नम्बर मात्र
सागर आयल, बागलुङ बस पार्क पेट्रोल ४००० जोर नम्बर मात्र
उत्तम आयल, विन्दवासिनी पेट्रोल ४००० विजोर नम्बर मात्र
लान्द्रुक आयल, हरिचोक पेट्रोल ३००० जोर नम्बर मात्र
पराजुली आयल, सिम्पानी पेट्रोल ४००० विजोर नम्बर मात्र
थापा आयल, हेमजा पेट्रोल ४००० जोर नम्बर मात्र
जयबुद्ध आयल, हेमजा पेट्रोल ४००० विजोर नम्बर मात्र

निर्णय नं.२ः मिति २०७२।९।१० गते वितरण हुने १२२ के.एल. पेट्रोल मिति २०७२।९।९ गते नेपाल आयल निगम, इन्धन डिपो, गगनगौडाले सम्बन्धीत पम्पहरुमा उपलब्ध गराउने ।
निर्णय नं.३ः उपरोक्त पेट्रोल पम्पहरुबाट निम्नानुसारको सवारीहरुलाई अभिलेख राखी निम्नानुसार पेट्रोल वितरण गर्ने र वितरणको विवरण जिल्ला प्रशासन कार्यालय, कास्कीमा पेश गर्ने । प्रति मोटरसाईकल रु. ५०० र स्कुटरलाई रु.४०० बराबरको ।
निर्णय नं.४ः वितरण मिति २०७२।९।१० गते विहान ८ बजे देखि शुरु हुने ।
निर्णय नं. ५ः सवारी धनीले व्लूबुक अनिवार्यरुपमा लिई आउनु पर्ने र कर्मचारीहरुले परिचयपत्र अनिवार्यरुपमा ल्याउनु पर्नेछ ।
निर्णय नं. ६ः भाँडा वा ग्यालेनमा नदिने ।
निर्णय नं.७ः कास्की जिल्लाको पेट्रोलियम पदार्थको वितरण सम्वन्धी कार्यको अनुगमन तथा निरीक्षण गर्ने प्रयोजनको लागि देहाय बमोजिमको समिति गठन गरी वितरण प्रकृयालाई थप प्रभावकारी बनाउने निर्णय गरियो ।

(क) लेखनाथ पारीको क्षेत्रमा ः
१. राजन नेपाल, नेपाल आयल निगम – संयोजक
२. प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, कास्की – सदस्य
३. प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय, पोखरा – सदस्य
४. प्रतिनिधि, उपभोक्ता मञ्च – सदस्य
५. प्रतिनिधि, लेखनाथ उद्योग बाणिज्य संघ – सदस्य
(ख) पोखरा क्षेत्रमा ः
१. प्रशुराम अधिकारी, नेपाल आयल निगम – संयोजक
२. प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, कास्की – सदस्य
३. प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय, पोखरा – सदस्य
४. प्रतिनिधि, उपभोक्ता मञ्च – सदस्य
५. प्रतिनिधि, पोखरा उद्योग बाणिज्य संघ – सदस्य

उपरोक्त बमोजिमको अनुगमन तथा निरीक्षण समितिले पम्पहरुको शुरु तथा अन्तिम मास्टर मिटर रिड गरी पारित नीति बमोजिम वितरण भए, नभएको अनुगमन गरी वितरणको प्रभावकारिता सुनिश्चित गर्नेछ ।

 

 

source:ganthan.com

Write a Comment