चिसोबाट यसरी बच्नुहोस्
27-December-2015

काठमाण्डु, १२ पुस– धेरैले सामान्य रुपमा लिने गरेको जाडो अर्थात चिसो मौसम स्वस्थ्यका लागि भने जोखिमयुक्त भएको चिकित्सकहरुले जनाएका छन् ।
विज्ञहरुका अनुसार मंसिर अन्तिम सातादेखि चिसो ह्वात्तै बढ्दै गएकोले दम, निमोनिया, टन्सिल, रुघाखोकी, ज्वरो जस्ता समस्दा बढी देखिएका छन् । यस्ता विमारबाट जोगिन यस्ता सावधानी अपनाउनु पर्छ–
बच्ने उपाय
–औषधि सेवन गरिरहेकाले नियमित औषधि सेवन गर्ने ।
– बाहिर निस्कँदा मास्क लगाउने र आएपछि हात धुने ।
– हाच्छिउँ गर्दा मुख छोप्ने ।
–भुलेर पनि मदिनर र चुरोट प्रयोग नगर्ने ।
–झोलकुरा पटक–पटक खाने ।
–हिँड्दा टोपी, गलबन्दी लगाउने ।
चिसोबाट हुने रोगका लक्षणहरु
– ज्वरो आउने, रुघाखोकी लाग्ने, टाउको दुख्ने ।
– खाना नरुच्ने, बान्ता हुने ।
–स्वाँस्वाँ हुने ।
– हृदयघात हुन लागे बायाँ छाती बेस्सरी दुख्ने ।
– मुटुमा समस्या हुँदा थाकाई लाग्ने, सिंगटा लाग्ने ।

नागरिक दैनिकबाट

Write a Comment