पोखरामा शनिबार मोटरसाइकल र स्कुटरलाई पेट्रोल वितरण गर्ने
31-December-2015

पोखरा, १६ पुस |

नेपाल आयल निगम गगन गौडा डिपोले पोखरामा र लेखनाथ पेट्रोल वितरण गर्ने भएको ।

petrol

जिल्ला आपुर्ति समितिको बैठकले शनिबार पेट्रोल वितरण गर्ने निर्णय गरेको हो ।


२०७२।९।१६ गते बसेको वैठकले निम्न लिखित पेट्रोल पम्पहरुबाट निम्न परिमाणमा पेट्रोलियम पदार्थ वितरण गर्ने निर्णय गरियो ।

निर्णय नं. १
मिति २०७२।९।१८ गते निम्नानुसारका पेट्रोल पम्पहरुबाट निम्नानुसारको पेट्रोलियम पदार्थ वितरण गर्ने ।

वेलकम ट्रेडर्स,गगनगौडा पेट्रोल    3000    जोर नम्बर मात्र
पश्चिमाञ्चल ट्रेडर्स, लेखनाथ पेट्रोल   4000        विजोर नम्बर मात्र

पृृथ्वीराजमार्ग पे. प्रा.लि. पेट्रोल 3000 विजोर नम्बर मात्र
शुभजगदम्बा आयल स्टोर्स पेट्रोल 4000 जोर नम्बर मात्र

डि.आर. आयल स्टोर्स पेट्रोल 4000 विजोर नम्बर मात्र
नमिता ट्रेडर्स, औद्योगिक क्षेत्र पेट्रोल 4000 जोर नम्बर मात्र
गण्डकी पेट्रोेलियम कं, अमरसिह चोक पेट्रोल 4000 विजोर नम्बर मात्र

मनोकामना आयल स्टोर्स, वुद्धचोक पेट्रोल 6000 जोर नम्बर मात्र
शारदा आयल पोखरा पेट्रोल 4000 विजोर नम्बर मात्र
हिमालयन पे.कं लि., नागढुंगा पेट्रोल 4000 जोर नम्बर मात्र
अन्नपूर्ण आयल विरौटा पेट्रोल 4000 जोर नम्बर मात्र

कमला आयल स्टोर्स, नागढुंगा पेट्रोल 6000 विजोर नम्बर मात्र
न्यू विवेक आयल, नयाबजार पेट्रोल 4000 जोर नम्बर मात्र

अटो क्लिन, नयाबजार पेट्रोल 4000 विजोर नम्बर मात्र
रानिपौवा आयल, रानीपौवा पेट्रोल 6000 विजोर नम्बर मात्र
बराल आयल, मासबार पेट्रोल 6000 जोर नम्बर मात्र
कालिका पेट्रोल पम्प, पोखरा पेट्रोल 4000 विजोर नम्बर मात्र
विश्वास आयल,मालेपाटन पेट्रोल 4000 जोर नम्बर मात्र
सागर आयल, बागलुङ बस पार्क पेट्रोल 3000 विजोर नम्बर मात्र
उत्तम आयल, विन्दवासिनी पेट्रोल 3000 जोर नम्बर मात्र
पराजुली आयल, सिम्पानी पेट्रोल 4000 विजोर नम्बर मात्र
थापा आयल, हेमजा पेट्रोल 4000 जोर नम्बर मात्र
जयबुद्ध आयल, हेमजा पेट्रोल 4000 विजोर नम्बर मात्र
निर्णय नं.२ः मिति २०७२।९।१८ गते वितरण हुने पेट्रोल ९६ के.एल. मिति २०७२।९।१७ गते साझ सम्ममा नेपाल आयल निगम, इन्धन डिपो, गगनगौडाले सम्बन्धीत पम्पहरुमा उपलब्ध गराउने ।
निर्णय नं.३ः उपरोक्त पेट्रोल पम्पहरुबाट तोकिएका जोर विजोर नम्बरका मोटर साईकल रु. ५०० बराबर र स्कुटरलाई रु.४०० बराबरको पेट्रोल उपलब्ध गराउने ।
निर्णय नं.४ः वितरण मिति २०७२।९।१८ गते विहान ८ बजे देखि शुरु हुने ।
निर्णय नं. ५ः सवारी धनीले व्लूबुक अनिवार्यरुपमा लिई आउनु पर्ने ।
निर्णय नं. ६ः भाँडा वा ग्यालेनमा ईन्धन नदिने ।
निर्णय नं.७ः जिल्लोका शैक्षिक प्रतिष्ठानहरको लागि निम्नानुसारका पट्रोल पम्पहरुबाट निम्नानुसारको परिमाणमा डिजेल उपलब्ध गराउनेः
१. जुपिटर आयल, विजयपुर ४००० लि.
२. नेशनल ट्रेडिङ्ग, पोखरा ४००० लि.
३. जगदम्बा आयल, विरौटा,४००० लि.
४. वि.एस. छोरेपाटन, ४००० लि.
५. लान्द्रुक आयल, हरिचोक, ४००० लि.

 

 

Source: ganthan.com

Write a Comment