पोखरामा विभिन्न आकर्षक प्रतिस्पर्धा सहितको ‘छैटौँ जिसिईएस आईटी महोत्सव’ हुने
5-January-2016

जक्शन डटकम, पौष २१ | गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्स (GCES) ले गण्डकी बोर्डिङ स्कुलसँगको सहकार्यमा “छैटौँ जिसिइएस आइटी महोत्सव” आयोजन गर्ने भएको छ । कार्यक्रम यहि पौष २४ र २५ गते (जनवरी ८ र ९ तारिख) लामाचौर, पोखरास्थित गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्स परिसरमा महोत्सव आयोजना हुनेछ ।

मेलामा सफ्टवेर प्रोजेक्टहरु, आइटी पाअनियरहरुबाट टेक्नीकल संवाद, आन्ट्रप्रनरहरुको संवाद, इन्नोभेटिम आइडियाहरुको प्रस्तुति, विद्यालय स्तरिय वेव डिभेलपमेन्ट कम्पिटिशन, विभिन्न ग्लोबल ब्रान्डका स्टलहरुको प्रदर्शनी, टेक्निकल एसे कम्पिटिशन, पिसी गेमिङ कम्पिटिशन, डिजे सेसन, लाइभ म्युजिक, फुड फेस्टिभललगायतका रचनात्मक र रोचक कार्यक्रमहरु प्रस्तुत गरिने छ ।

आयोजकले पोखरा तथा देशका विभिन्न सहरहरुमा रहेका आइटी क्षेत्रका प्रमुख प्रोफेसनलहरु, विद्यार्थीहरु र आइटीका आम उपभोक्त सबैलाई एकै थलोमा जगघट गराउने उद्देश्यका साथ जिसिइएस आइटी महोत्सव आयोजना गर्न लागेको हो । कार्यक्रबाट उद्योग, प्रविधि र पर्यटनलाई जोड्ने योजनामा आयोजक रहेको छ ।

नेपालको सूचना प्रविधिको क्षेत्रमा क्रान्ती ल्याउने क्रममा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । पोखरा क्षेत्रको लागि यो महोत्सव आइटी क्षेत्रको उत्सवको रुपमा मनाइने आयोजक समितिले जानकारी गराएको छ ।

Related Images

Write a Comment

Events
Random Picks