विश्व खाद्य कार्यक्रम र रेडक्रसले बाँडे कुहिएको चामल भूकम्पपीडितलाई बाँडिएको चामलमा मुसाका लिँड
21-May-2015

७ जेठ, काठमाडौं । भूकम्प पीडितका लागि विश्व खाद्य कार्यक्रम र रेडक्रसले काभ्रेमा र गोर्खामा वितरण गरेको चामल गुणस्तरहीन भएको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगले अनुगमन गर्दा काभ्रे जिल्लाको अरनिको राजमार्गबाट उत्तर र सिन्धुपाल्चोक जिल्लासँग जोडिएका इन्द्रावतीदेखि दक्षिणी भेगमा बाँडिएको चामल गुणस्तरहीन रहेको पाइएको राजधानी दैनिकमा समाचार छ ।

फाइल तस्वीर

फाइल तस्वीर

आयोगमा ति स्थानमा बाँडिएका चामल अखाद्य भनको जानकारी आएपछि पाइएपछि सदस्य गोविन्द पौडेलको नेतृत्वमा गएको अनुगमन टोलीले दुबै दातृ निकायले वितरण गरेको चामल गुणस्तरहीन भएको फेला पारेको हो । चामल अखाद्य पाइएपछि प्रमुख जिल्ला अधिकारीलाई तत्काल राहत वितरण गरिने चामलको गुणस्तर जाँच गर्न र अखाद्य पाइए वितरण नगर्न निर्देशन दिइएको छ ।

आयोगले अनुगमन गर्दा खाद्य कार्यक्रम र रेडक्रसले पठाएको चामल पखाल्दा कालो पानी आउने, मुसाका लिँड मिसिएको, घुन लागेको र ढुंगा सराबरी भएको पाइएको पौडेलले जानकारी दिए ।

उनले १ सय बोरा चामल सो स्थानमा पठाइएकोमा ६० बोरा चामल बाँडिसकिएको पाइएको बताए । त्यसरी बाँडिएको चामल पकाएर खाएकामा तत्काल झाडापखालासमेत लागेको आयोगले जनाएको छ ।

 

Events
Random Picks