पोखरा र लेखनाथमा शुक्रबार मोटरसाइकल र स्कुटरलाई पेट्रोल बाडीने (परिमाण सहित)
14-January-2016

जक्शन डटकम, पौष ३० । पोखरा र लेखनाथमा पेट्रोल र डिजेल बाडीने भएको छ । जिल्ला आपुर्ति समिती कास्कीको बैठकले शुक्रबार पोखरा लगायत लेखनाथका विभिन्न पम्पहरुबाट पेट्रोल एवं डिजेल बाडीने भएको हो । 

समितीले दिएको जानकारी अनुसार पोखरा र लेखनाथमा गरी एक लाख ४ हजार लिटर विभिन्न पम्पहरुबाट जोर विजोरको आधारमा बाडीनेछ । मोटरसाइकललाई ५०० र स्कुटरलाई ४०० बराबरको उपलब्ध गराइने जनाइएको छ । 

पेट्रोलको लागी उपभोक्ताले सवारीको ब्लुबुक अनिवार्य रुपमा लैजानु पर्ने छ । 

यस्तै शुक्रबार नै डिजेल बाडीने भएको छ । पोखरा र लेखनाथका विभिन्न पम्पहरुबाट एक लाख ६ हजार लिटर डिजेल बाडीने भएको हो । 

 

Write a Comment

Events
Random Picks