मादक पदार्थ सेवन गरी होहल्ला गर्ने बीस पक्राउ
15-January-2016

माघ १,चितवन |

धार्मिक पर्यटकीय क्षेत्र देवघाटधाममा आज लागेको माघेसङ्क्रान्ति मेलामा मापसे गरेर होहल्ला गर्ने २० जनालाई प्रहरीले पक्राउ गरेको छ । 

alcohol jukson.com

दर्शनार्थीको सुरक्षाका लागि उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार देवघाटधाम क्षेत्रमा मासु र मदिरा निषेधित गरिएको छ । पक्राउ परेका सवैलाई जरिवाना तिराएर छाडिने बताइएको छ । यहाँ भक्तजनको सुरक्षार्थ ठूलो सङ्ख्यामा सशस्त्र र जनपद प्रहरी परिचालन गरिएको छ । 

 

देवघाट क्षेत्र विकास समितिका सदस्य टङ्क पौडेलले देवघाटधाम क्षेत्रमा विगतदेखि नै मदिरा निषेध गरिएको बताए। चितवन, नवलपरासी र तनहुँको सङ्गमस्थल त्रिशूली र कालीगण्डकीको दोभान देवघाटधाम क्षेत्रमा आज दर्शनार्थीको घुइँचो लागेको छ । त्रिशूली र कालीगण्डकी मिसिएर यहाँबाट नारायणी नदी सुरु हुन्छ । रासस 

Write a Comment

Events
Random Picks