सहारा क्लब पोखरालाई सहयोग जुटाउन अष्ट्रेलियामा डिनर पार्टी
18-January-2016

माधब भुसाल पोखरा, माघ ४ । खेलकुदको बिकासको लागी लामो समयदेखि लागीपरेको सहारा क्लबको चर्चा १४ औं संस्करणको आहा रारा गोल्ड कप सँगै चुलिदै आएको छ । खेलकुदको बिकास मात्रै होइन, पोखराको दोविल्ला स्थीत सहारा एकेडमीमा विपन्न तथा अनाथ बालबालीकालाई शिक्षादिक्षा समेत दिंदै आएको छ । 

यही माघ ५ अर्थात जनवरी १९ बाट शुरु हुन लागेको १४औं आहा रारा गोल्ड कपको तयारी पुरा भैसकेको छ । र अघिल्लो संस्करणमा भन्दा यस संस्करणमा पुरस्कारको राशी समेत बढाइएको छ।

यसै सन्दर्भमा सहारा क्लब अष्ट्रेलियाले सहारा क्लब पोखराको सहयोगार्थ डिनर पार्टीको आयोजना गरेको छ । जसबाट उठेको रकम १४औं आहा रारा गोल्ड कपमा दोश्रो स्थान हासील गर्ने क्लबलाई प्रदान गरिने सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकालीले जानकारी दिएका छन् ।उनका अनुसार प्रतियोगिताको दाश्रो हुने विजेतालाई प्रदान गरिने रु दुई लाख पचास हजार सहारा क्लब अष्ट्रेलियाले प्रायोजन गर्ने छ । 

उक्त डिनर पार्टी जनवरी ३० मा रेड क्याप्सीकम फंसन मा राखिएको छ । जसको टिकट दर ५० र १०० अष्ट्रेलियन डलर राखिएको आयोजकले जनाएको छ । 

 

Write a Comment