नाकाबन्दी र कमिसन चक्करः दादुरा खोप नपाउँदा ९ को मृत्यु
22-January-2016

काठमाण्डु, ८ माघ– सरकारले खोप खरिदमा गरेको लापरबाही र पाँच महिनादेखि जारी मधेस आन्दोलनका कारण खोप लगाउने कार्यक्रम प्रभावित भएपछि विभिन्न जिल्लामा दादुरा प्रकोप देखिएको छ । यो वर्ष मात्र कपिलवस्तुसहित चार जिल्लामा दादुराबाट ९ बालबालिकाको ज्यान गइसकेको छ ।

पछिल्ला दिनमा कपिलवस्तुमा मात्र ६ जना बालबालिकाकाले ज्यान गुमाएका छन्। पाँच दर्जनभन्दा बढी बालबालिका बिरामी छन् । डेढ दशकको नियमित खोप र विशेष प्रयासपछि सन् २०१६ मा निवारण गर्ने तयारीमा रहेको दादुरा फेरि देखिएको हो ।

बालमृत्युदरको प्रमुख कारक मानिने यो खोप जन्मिएको ९ महिना र १५ महिनामा गरी दुई पटक लगाउनुपर्छ । यो वर्ष कपिलबस्तुमा ६, बाँकेमा १, बर्दियामा १ र सल्यानमा १ जनाको मृत्यु भइसकेको छ ।

सिन्धुपाल्चो, सुनसरी र सुर्खेतमा समेत ठूलो संख्यामा बालबालिका दादुराका कारण बिरामी छन् । खरिद प्रक्रियामा भएको कमिसन चक्करका कारण तीन वर्षसम्म खा प खरिद गर्न नसक्दा गत वर्ष भएको हाहाकार यो वर्ष जार।ी मधेस आन्दोलनका कारण नियमित कार्यक्रम समेत प्रभावित छ ।
नागरिक दैनिकबाट

Write a Comment

Events
Random Picks