पोखरा-जोमसोम हवाई भाडा बढ्यो
22-January-2016

पोखरा- पोखरा–जोमसोम रुटमा हवाइ भाडा महँगिएको छ। 'एयर टर्बाइन फ्युल' –हवाई इन्धन) को मूल्य बढेपछि यो रुटमा भाडा महँगिएको हो। महँगिएको भाडादर बिहीबारदेखिलागू भएको वायुसेवाकम्पनीहरुले बताएका छन्।

यसअघि २४ सय ८० रुपैयाँ रहेको पोखरा–जोमसोम एकतर्फी भाडा २८ सय ५० रुपैयाँपुगेको छ। विदेशीयात्रुले अबप्रतिव्यक्तिएकतर्फी १ सय १५ अमेरिकी डलर तिर्नुपर्ने छ। यसअघि विदेशीले १ सय ११ डलर तिर्थे। तारा र सिमि्रक एयरलाइन्सले पोखरा–जोमसोम नियमित उडान गर्दै आएका छन्।

यसअघि १ सय १८ रुपैयाँ प्रतिलिटर रहेको हवाई इन्धनको भाउ बढेर १ सय ६४ रुपैयाँपुगेपछि हवाई भाडा बढाएको वायुसेवाकम्पनीहरुको भनाइ छ।

अफसिजनमा बेलाभएर यतिबेलापोखरा–जोमसोम रुटमा उडान कमभएपनिइन्धनको भाउ बढ्दा दुर्गम क्षेत्रकायात्रु मारमा परेका छन्। सिजनमापोखरा–जोमसोम रुटमा दिनमै करिब २ दर्जनसम्म उडान हुने गर्छ.

Write a Comment

Events
Random Picks