सीमा जोडिएका पाँच जिल्लालाई चीनको छुट्टै सहयोग
25-January-2016

काठमाण्डु, १२ माघ– चीनले सिमाना जोडिएका भूकम्प प्रभावित पाँच जिल्लामा सोला, जस्तापातालगायत सामुदायिक पूर्वाधार विकासका सामग्री पठाउन थालेको छ ।

नेपालका उत्तरवर्ती १५ जिल्लासँग चीनले सुरु गरेको पूर्वाधार विकास र खाद्यन्नका आयोजनाअन्तर्गत गोर्खा, सिन्धुपाल्चोक, रसुवा, दोलखा, र मुस्ताङलाई ती सामग्री सीमामा पठाएको हो ।

नेपालले दोस्रो वषएको लागि भूकम्प प्रभावित जिल्लालाई प्राथमिकता दिन आग्रह गरेपछि सबैभन्दा बढी आवश्यकता भएका सामग्रीको सूची पठाउन भनेको थियो । पाँचै जिल्लाले भूकम्पपीडितका लागि जस्तापाताको माग सबैभन्दा बढी गरेका थिए । अन्नपूर्ण पोस्टबाट

Write a Comment

Events
Random Picks