पोखरामा पेट्रोल तत्काल नआउने ।
28-January-2016

पोखरा ल्याउन लागेका तेल पनि काठमाडौ तिरै लागे पछि पोखरामा पेट्रोल आउन केहि दिन लाग्ने भएको हो । नेपालआयल निगम गगनगौडा डिपोका प्रमुख मनोज ठाकुरले वितरणका लागि २० हजार लिटर पेट्रोल भन्दा बढि नभएका कारण तत्काल वितरण गर्न नसकिने बताए ।

उनले पोखराका लागि इन्धन आए पछि मात्रै वितरण गर्ने सकिने बताए । पोखरा इन्धन आउन करिब दुई दिन लाग्ने बताए । पश्चिमाञ्चल पेट्रोलिय डिलर एशोसिनका अनुसार शुक्रबार वा शनिबार बितरण हुन सक्ने बताए ।

Write a Comment

Events
Random Picks