भूकम्पपीडितको राहतमा पनि करैकर
28-January-2016

सिन्धुली, १५ माघ– सिन्धुली जिल्लाका भूकम्पपीडितका नाममा आएको राहत रकम राजनीतिक दल, गाविस सचिव र गैरसरकारी संस्थाहरूले विभिन्न बाहनामा घोटाला गरेका छन् ।

गाविस सचिवहरूले आफन्तदेखि राजनीतिक दलका आसेपासेसम्म एकै परिवारका चारजनासम्मलाई राहत सामाग्रीदेखि राहत रकम वितरण गरेको पाइएको छ ।

राहत रकम गैरपीडितलाई दिनेमात्र होइन, कार्ड शुल्क, व्यवस्थापन शुल्क, रेडक्रस कर र खाजा खर्च भन्दै पीडितसँगै ठूलो रकम काटेको पाइएको छ ।
जिल्ला दैवीप्रकोप उद्धार समितिद्वारा अस्थायी टहरा निर्माण तथा न्यानो कपडा किन्न पीडितका नाममा निकासा भएको रकम जिल्लाका अमले, बस्तीपूर, भीमस्थान, बेलघारीलगायत गाविसमा व्यापक भ्रष्टाचार भएको पाइएको छ ।

पीडितले पाउने रकमबाट नगद असुलीदेखि गैरपीडितलाई समेत दामासाहीले वितरण गरेको पाइएको छ ।
अन्नपूर्ण पोस्ट् दैनिकबाट

Write a Comment

Events