यी बालकको परिवारसँग सरकारले घर भत्केको प्रमाण मागिरहेको छ
28-January-2016

काठमाण्डु, १५ माघ– भूककम्पले भक्तपुर मूलढोकाछेउमा रहेको श्याम अवालको घर भत्कँदा उनका छोराछोरी घरकै भग्नावशेषमा पुरिएका थिए । ट्रक ड्राइभर श्याम ड्युटीमा रहेको बेला उनकी श्रीमती रश्मिला पसल गएकी थिइन् । नौ वर्षकी सोनिया र चार महिनाका सोनिस भग्नावशेषमा पुरिए ।

दुई घण्टापछि सोनियाको उद्धार भयो । तर २२ घण्टासम्म घरमा पुरिएका सोनिसकको जीवितै उद्धार भयो । अवाल परिवारको खुसी विश्वमा विश्व नै चकित भयो । तर दुर्भाग्य, नक्कली भूकम्पपीडितलाई रकम दिने सरकारले अवलाल परिवारसँग घर भत्केको प्रमाण मागिरहेको छ । प्रमाज जुटाउँन नसक्दा अवाल परिवारले राहत पाउन सकेको छैन । सरकराले लालपुर्जाको आधामा भूकम्पपीडित परिवारलाई राहत परिचयपत्र दिने गरेको छ ।

लालपुर्जा नभएपछि उनीहरुको घर थियो भन्ने प्रमाण छैन । घर थियो भन्ने प्रमाण नभएपछि भत्कियो भनेर दिन नमिल्ने स्थानीय प्रशासनको जिकिर छ । नयाँ पत्रिकाबाट

Write a Comment