गाँजाको जुत्तामा चरेसको सोल हाल्ने दिलबहादुर पक्राउ
3-February-2016

 

Dilbahadurकाठमाण्डु, २१ माघ– विदेशीमाझ प्रिय गाँजाका बोटको रेसाबाट बनेका खैरा जुत्ता । अनि त्यही जुत्ताको कालो सोल । स्थलमार्गबाट भारत पठाएर त्यहाँबाट समुन्द्री मार्ग हुँदै युरोपेली मुलुक पुर्‍याउन तयारी अवस्थामा रहेको जुत्ताको चाङ अहिले लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको गोदाममा छ ।

गाँजाको रेसाबाट बनेको जुत्ता ब्युरो कार्यालय पुग्नुको कारण हो–त्यसमा हालिएको कालो सोल त चरेसको पो रहेछ ।

युरोपेली मुलुकमा माग हुने काँस, ढलोटका हस्तनिर्मित सामाग्रीमा लुकाएर चरेस तस्करी गर्दा सहजै प्रहरीले चाल पाउन थालेपछि कहलिएका चरेस तस्कर दिलबहादुर गुरुङले नयाँ उपाय अपनाउँदै गाँजाको रेसाबाट तयारी हुनै लागेको जुत्ता खरिद गरी त्यसको सोल चरेसको बनाई इटाली, क्यानडा, हङकङ र चीनतिर तस्करी गर्दै आएका रहेछन् ।

ब्युरोका डिआईजी केशरीराज घिमिरेका अनुसार उनले चरेस लुकाउन बुद्धसम्बन्धि धार्मिक किताबलाई समेत उपयोग गरेका थिए ।

नागरिक दैनिकबाट

Events
Random Picks