सरकारी अस्पतालमै नक्कली डाक्टर
6-February-2016

काठमाडौं – नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्साशास्त्र अध्ययन गरी डाक्टर बनेर सरकारी अस्पतालसँगै निजीमा समेत बिरामीको स्वास्थ्य परीक्षण गर्दै आएका १२ जना चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । चिकित्सक दर्ता परीक्षामा उत्तीर्ण नभई सर्वसाधारणको उपचार गराइरहेका उनीहरुलाई केन्द्रीय अनुसन्धान व्युरोले नियन्त्रणमा लिएको हो ।

ब्युरो, नेपाल मेडिकल काउन्सिल र उच्चमाध्यमिक शिक्षा परिषद्ले संयुक्त रुपमा सञ्चालन गरेको अप्रेसन क्वाक अन्तर्गत झापा, मोरङ, सप्तरी, धनुाषा, महोत्तरी, सिरहा र कपिलवस्तुमा कार्यरत चिकित्सकहरुको प्रमाणपत्र छानबिन गरेको थियो । दुई महिनादेखि सञ्चालित अप्रेसनमा १७ जनाको एसएलसी र प्रमाणपत्र तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आशंका गरिए पनि १२ जनाको पुष्टि भएको पाइएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Write a Comment

Events
Random Picks