पोखरामा सिन्डिकेट लाद्न सडक अवरोध
6-February-2016

पोखरा – पोखरा नगरभित्र विन्ध्यवासिनी बस व्यवसायी समितिलाई पनि बस सेवा सञ्चालन गर्न अनुमति दिएपछि आफ्नै सिन्डिकेट लाद्न पुराना व्यवसायी शुक्रबारदेखि सडकमा बस तेर्साएर विरोधमा उत्रँदा यात्रु मापरमा परे । उनीहरुले शनिबार पनि विरोधको यो शैलीलाई निरन्तरता दिँदा बिरामी बोकेका एम्बुलेन्स पनि सहज रुपमा चल्न पाएनन् ।

पुराना व्यवसायीले बिहानैदेखि सडकमा अवरोध खडा गरेपछि यात्रु अलपत्र परेका थिए । चार दिनपछि वार्ताद्वारा समस्या समाधान गर्ने सहमति भएपछि दिउँसो १ बजेपछि बल्ल अवरोध हट्यो । सिन्डिकेट पक्षधर व्यवसायीले शुक्रबार पनि सडकमा अवरोध गरेका थिए । सार्वजनिक यातायातमा सिन्डिकेटले गर्दा यो व्यवसायमा नयाँ व्यवसायीको प्रवेश मुस्किल बनेको छ भने यात्रुले पनि सास्ती पाएका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

Write a Comment