नारायणगढ-मुग्लिङ सडकखण्ड २८ गतेदेखी बन्द हुने
6-February-2016

जक्शन डटकम पोखरा, माघ २४ / नारायणगढ मुग्लिङ सडकखण्ड यही २८ गतेदेखी अर्को सुचना जारी नभएसम्मका लागी बन्द हुने भएको छ । सडक विस्तार कार्य भइरहेकाले बिहान १० बजेदेखी दिउसो ३ बजेसम्म सो खण्डमा यातायात अवरुद्ध हुने नारायणगढ मुग्लिङ सडक विभागले जनाएको छ । 

सुचना जारी गर्दै विभागले भनेको छ ‘यसबाट यात्रुमा पर्ने असरप्रति क्षमाप्रार्थि छौं ।’ उक्त समयमा वैकल्पीक सडक प्रयोग गर्न मिल्ने सवारीले वैकल्पीक सडक प्रयोग गर्न विभागको अनुरोध छ । 

 

Write a Comment

Events
Random Picks