अभियुक्त सतिशको बहिनी भन्दै ममाथि दुव्र्यवहार भयोः स्नेहा
9-February-2016

रञ्जन अधिकारी पोखरा, २६ माघ / पोखरामा माघ १८ गते राति भएको योरुना पुन नेहाको हत्याको घटनामा मुछिएका सतिश भनिने कृतन खड्गी विरुद्ध सामाजिक सञ्जालहरुमा चर्को आलोचना भईरहेको छ । उनको तस्विर शेयर गर्दै अश्लिल शब्दहरुले गाली गर्ने क्रममा निर्दोष परिवारमाथि पनि गाली गरिएका छन् ।

चार वर्षमै बाबु बितेका सतिशलाई हुर्काउने एक्ली आमाले पक्कै छोरालाई हत्यारा बनाउन चाहेका थिएनन् तर आमा जस्तो पवित्र शब्दलाई भद्धा गालीले जोडेर तिरस्कार गरिएको छ । एउटी नारीको न्यायको लागि चर्को आवाज उठाएका भन्ठान्नेहरुले आमा र उनका परिवारका दिदी बहिनी जोडेर अश्लिल गालीगलौज गर्नु भनेको हत्या भन्दा कम नहोला । शिक्षित र सभ्य ठान्नेहरुले सोच्नु जरुरी छ ।

नारी अधिकारको चर्को कुरा गरेको ठान्नेहरुले अर्को नारीको मानसिक रुपमा हत्या गरिरहेको उनीहरुले बुझ पचाए या नबुझेर गरिरहेका छन् । प्रसंग हो, अभियुक्त सतिशको बहिनी सँगको भन्दै भाईरल बनेको फोटो । आफ्नो दिदी बहिनीलाई पनि के बाँकी राखिस् होला र ? भन्दै विभिन्न पेज तथा आईडीहरुबाट निर्दोष नारीको मानसिक रुपमा हत्या गर्ने काम भईरहेको छ । र सबैभन्दा बढि केटीहरुले नै आपत्तिजनक कमेन्ट गरिरहेका छन् । केहि सभ्य व्यक्तिहरुले उनीहरुको आलोचना पनि सँगसँगै गरि रहेका छन् ।

सतिशले १५ सेप्टेम्बर २०१५ मा बहिनी भन्दै पोष्ट गरेको फोटोमा समेत केहिले आपत्तिजनक शब्द प्रयोग गरेका छन् । ति किशोरी स्नेहा मल्ल हुन् । उनी सतिशको आफ्नै बहिनी होईनन् । सतिशको साथीभाइ तथा अन्य केटीसाथीसँग पहिले राम्रो सम्बन्ध थियो । त्यसैले उनले नेहा सहित केहिलाई बहिनी नै भन्थे । स्नेहाले सामाजिक सञ्जालमा अभियुक्त सतिशसँग फोटो जोडेर नानाथरी पोष्ट आउन थालेपछि आफ्नो फेसबुक एकाउण्ट नै डिएक्टिभ गरेकी छिन् । उनले सतिश आफ्नो दाइ नभएको र आफ्नो फोटो जोडेर मनपरी शेयर नगर्न आग्रह गरेकी छन् । एउटी नारीको ज्यान लिएको रिसको नाममा अर्को नारीलाई ज्युँदै हत्या भएको महसुस हुने कुकर्म नगर्न स्नेहाले सबैसँग अनुरोध पनि गरेकी छन् ।

Write a Comment

Events
Random Picks