दुई कुला मुहानमा महिलाको शब भेटियो ।
10-February-2016

पोखरा २७ माघ ।पोखराको बाझपाटन कामना टोल १३ दुई कुला मुहान स्थित एक महिलाको शब फेला परेको छ । पर्वत जिल्ला स्थायी घर भई पोखरा १३ शान्तिमार्गमा डेरागरी बस्ने अन्दाजी ३६ बर्षिय जमुना सुवेदी मृत भेटिएकी हुन् । विहान नहरको फोहोर उठाउने ब्यक्तिहरुले फोहोर संकलनको क्रममा शब देखे पछी प्रहरीलाई खबर गरेका थिए । जमुना देबीकी छोरी १५ बर्षिय रविना सुवेदीले बिहान उठ्दा आमा नदेखे पछी खोज तलास गरेको कुरा प्रहरीलाई बताईन् ।
स्थानियका अनुसार पोखरामा डेरागरी बसेका जमुनाका श्रीमान् र छोरा रोजगारीको क्रममा भारतमा छन् । शब पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Events
Random Picks