आहा नि ! क्या राम्री गुरुङ्सेनीको तेश्रो संस्करण विमोचन
18-February-2016

युवा कथाकार रोशन गुरुङद्धारा लिखित गुरुङ सँस्कार तथा परिवेशमा आधारित कथा संग्रह आहा नि ! क्या राम्री गुरुङ्सेनीको तेश्रो संस्करण बुधवार पोखरामा एक कार्यक्रमका विच विमोचन गरिएको छ । 
तमु संचारकर्मी संघ कास्कीद्धारा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख अतिथि क्षेत्रीय शिक्षा निर्देशनालय पोखराका उपनिर्देशक गंगाबहादुर गुरुङ, तमु सञ्चारकर्मी संघ नेपालका कार्यवाहक अध्यक्ष मीना गुरुङ, तमु संचारकर्मी संघका संस्थापक संयोजक हुमबहादुर गुरुङ, संघका केन्द्रीय सदस्य एवं कास्की सल्लाहकार, नायिका रेश्मा गुरुङ र प्रकाशक सदस्य मेखबहादुर गुरुङले संयुक्त रुपमा विमोचन गर्नुभएको हो । 


प्रमुख अतिथि क्षेत्रीय उपप्रसासक गुरुङले संस्कारगत विषयमा कथा संग्रह प्रकासन गरेर कथाकार रोशन गुरुङले समुदाय सचत गराएको बताउनुहुदै संस्कारगत विषय मात्रै नभई कुसंस्कारलाई प्रहार गर्न आग्रह गर्नुभयो । उहाँले हिजोको राज्यसत्ताले आदिवासी जनजातिले रक्सी खाने र सत्ताधारीहरु जनै लगाउने भनी गरिएको बर्गिकरणबाट प्रभावित भई सधै रक्सी खाएर लठ्ठिरहदा गुरुङहरु अघि बढ्न नसकेको बताउनुभयो । उहाँले रक्सी खाने र मामा चेली फुपू चेला विचको विवाह गर्ने प्रचलन गुरुङ समुदायमा रहेको कुसंस्कार भन्दै यस्ता संस्कार हटाउनुपर्ने बताउनुभयो । 
मुलुकमा प्रजातन्त्र, लोकतन्त्र प्राप्ति पछि मुलुकले धेरै समृद्ध प्राप्त गछै भन्ने सोचेकोमा अहिले त देश अर्कैको पराधिनमा रहेको आभाष भईरहेको बताउनुहुदै देश, समाज, समुदायको विकासका लागि शिक्षामा जोड दिदै संस्कार सँस्कृतिगत विकृति हटाउन पहल गर्नुपर्ने उहाँको भनाई थियो । 
कार्यक्रममा कथाकार गुरुङले विश्वासले संसार टिकेको छ भन्नुहुदै विस्वासको मुल श्रोत संस्कार भएको बताउनुभयो । उहाँले तमु जातिको संस्कार विज्ञान संगत भएको दावी गर्नुहुदै आफुले कलमको माध्यमबाट समाजलाई सजग गराउन खोजेको बताउनुभयो । उहाँले भन्नुभयो पश्चिमा भौतिकबाद अहिले पुर्वीय अध्यात्मवादतर्फ आकर्षित भएको दावी गर्नुहुदै संस्कारगत मुल्य मान्यतालाई सम्मान गर्नु आग्रह गर्नुभयो । 


कार्यक्रममा पुस्तकको परिचर्चा विजय गुरुङ र समालोचना गौरी गुरुङले गर्नुहुदै पुस्तकको सकरात्मक व्याख्या र केही कमिकमजोरीहरुको औल्याउनुभएको थियो भने तमु संचारकमीं संघ नेपालकी कार्यवाहक अध्यक्ष मीना गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 
तमु संचारकर्मी संघ कास्कीका अध्यक्ष शान्ति गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सचिव देवीजंग गुरुङ कार्यक्रम संचालन र कार्यक्रम संयोजक बुद्धि तमुले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । 
तेश्रो संस्करण रहेको कथा संग्रहमा गुरुङ संस्कार सँस्कृतिमा आधारित ११ कथाहरु संग्रहित छन् ।

हुम तमु, कास्की आवाज

Write a Comment

Events
Random Picks