अब आवश्यकता अनुसार तेल पाइने, स्टक राख्ने पम्पलाई कारवाही
22-February-2016

काठमाडाैँ, फागुन १० / नेपाल आयल निगमले इन्धनको अभावका बेला बाँडिने पेट्रोलको परिमाणमा लागू गरेको प्रणाली पूर्णरुपमा खारेज गरेको छ।

नाका सहज भएपछि निजी गाडी तथा मोटरसाइकल-स्कुटरलाई पेट्रोल वितरण गर्न निगमले निश्चित परिमाणमा मात्र तेल दिने नियम लागू गरेको थियो जसमा निजी कार-जीपले एकपटकमा १५ लिटर र दुई पांग्रेले ५ लिटर पेट्रोल पाउने व्यवस्था थियो।

यो व्यवस्था आज निगमले खारेज गर्दै अब आवश्यकता अनुसार पेट्रोल पाउन सकिने बताएको छ। अब पेट्रोलको परिमाणमा कुनै निश्चित नियम नभएका कारण स्टक नराख्न पनि निगमले आग्रह गरेको छ। स्टक राखेको कतै फेला पारेमा निगमले कारवाही गर्ने चेतावनी पनि दिएको छ।

त्यस्तै निगमले आजबाट नै उद्योगीहरुलाई पूरा सिलिण्डर ग्यास भरेर बजारमा पठाउने पनि अनुमति दिएको छ।

Events
Random Picks