विमान जलिरहेको छ, हामीले मात्रै उद्धार गर्न सक्दैनौं : स्थानीय
24-February-2016

म्याग्दी- पोखराबाट हिमालपारिको जिल्ला मुस्ताङको जोमसोमका लागि बुधबार विहान उडेको तारा एयरको ढल्ब्ज्ज् ट्वीनअटर विमान भेटिएको छ । म्याग्दीको दाना गाविस-२ स्थित केगरबुटा भन्ने भीरमा ठोकिएर तल खसेको छ । घटनास्थलमै पुगेक दाना रुप्सेका स्थानीयले बताएपछि श्याम पुन, लालबहादुर पुन, नविन खड्का र शेरबहादुर बुढाथोकी विमान दुर्घटनास्थलमै पुगेका छन् । दुर्घटनास्थलमा यत्रतत्र छरिएर रहेका शवहरु चिन्न नसक्ने अवस्थामा छन्। 

विमानको मुख्य भाग भीरमै जलिरहेको अवस्थामा रहेको श्याम पुनले बताए। 'हामी अलमलमा परेका छौ। एउटा शव घोप्टो परिरहेको अवस्थामा रहेको छ' उनले भने। विमानको पङ्खा, साम्रागी र केही शव तल खाल्टोमा खसेको समेत उनले बताए।

म्याग्दीको दाना र मुस्ताङको लेते गाविसबाट करिव ६ घण्टाको पैदलयात्रामा पुग्न सकिने भएपनि मौसम खरावीका कारण नजिकै पुगेपछि मात्रै विमान देखिएको स्थानीयले बताएका छन्। विमानको आवाज आएको सोलीघोप्टे भन्ने स्थानमा जाँदै गरेका स्थानीले त्यसको करिव डेढघण्टा तल नै विमान भेटेका थिए। 'हुस्सुले एक मिनेटको बाटो पनि देखिदैन्। आगो देखेपछि नजिकै पुग्दा शव र सामान भेटियो' उद्धारमा पुगेकाले टेलिफोनमा भने। घटनास्थलमा मुस्ताङबाट नेपाली सेना र म्याग्दीबाट प्रहरीको टोली समेत प्रस्थान गरेको छ। 

Write a Comment

Events
Random Picks