स्याङ्जामा माइक्रो बस दुर्घटना, ४ जनाको अवस्था गम्भिर
29-February-2016

स्याङ्जा, १८ फागुन। स्याङ्जाको तिनदोबाटो ६ करादीमा ग १ ख २९९८ माइक्रो बस दुर्घटना हुदाँ ११ घाइते भएका छन् । 

माइक्रो बस अनियन्त्रित भई सडकको बायाँ पट्टी कुनामा ठोक्कीएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भिर रहको छ । घाइतेमा तिनदोबाटो १ बस्ने बर्ष
३० का उमेश श्रेष्ठ, जगत्रदेबी ३ बस्ने बर्ष ४० चन्द्र बहादुर थापा, तुलसि भञ्ज्याङ्ब स्ने बर्ष ३० को लक्ष्मण ज्ञवाली, नाम थर खुल्न नसकेको अन्दाजी बर्ष ३२ को एक महिला रहेका छन् । 
 
दुर्घटनामा घाइते भएका मध्य आठ जनाको लुम्बिनी मेडिकल कलेज प्रबासमा र दुइ नाम खुल्न नसकेकी महिला सहित दुइ जनाको मिसन अस्पताल पाल्पामा उपचार भैरहेको र एक जनाको गल्याङ सामुदायीक अस्पतालमा उपचार गराए पश्चात घर फर्काइएको निमित्त प्रहरी प्रमुख रण बहादुर चन्दले जानाकारी दिनुभयो ।

Write a Comment

Events
Random Picks