ल्याउन नपाई बिग्रने जहाज किन्न नागरिक उड्डयनमन्त्रीको ठाडो प्रस्ताव
10-March-2016

काठमाण्डु, २८ फागुन– चिनियाँ जहाज ल्याउनेसम्बन्धी फाइल अघि बढाउन कर्मचारीले असहयोग गरेपछि संस्कृति तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलले आफैं मन्त्रिपरिषद्मा प्रस्ताव लगेका छन् ।

मन्त्रालयका सचिव प्रेमकुमार राई र उनी मातहतका अधिकारीहरुले टिप्पणी उठाउन अस्वीकार गरेपछि जहाज खरिदसम्बन्धी ठाडो प्रस्ताव उनले सोमबार मन्त्रिपरिषदमा लगेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका बेला थप जहाज भित्र्याउन यसअघिको सम्झौतामा प्रगति देखाउनुपर्ने दबाबमा रहेका मन्त्री पोखरेलले यस्तो प्रस्ताव लगेपछि मन्त्रालय र नेपाल वायुसेवा निगमका अधिकारी भने असन्तुष्ट देखिएका छन् । कारोबार दैनिकबाट