यस वर्षको एसएलसी परीक्षाको तालिका
17-March-2016

 

काठमाडौं, चैत ४

यस वर्षको एसएलसी परक्षा चैत १८ देखि २९ गतेसम्म हुँदैछ । परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले परीक्षाको तयारी पूरा भएको जनाएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।

यो वर्षदेखि एसएलसी परीक्षाको नतिजा लेटर ग्रेडिङमा सार्वजनिक गरिने छ । तर परीक्षा संचालनको बिधि भने गएका वर्षहरुमा जस्तै हुनेछ । यसवर्ष एसएलसी परीक्षाका लागि देशभर १ हजार ४ सय ४३ परीक्षा केन्द्र निधौरण गरिएको ।

जसमध्ये सबैभन्दा धेरै काठमाडौंमा ९५ केन्द्र छन् भने सबै भन्दा कम मनाङ् र मुस्ताङ्मा एक एक केन्द्र निर्धारण गरिएको छ । यो वर्ष एसएलसीमा कुल ६ लाख १५ हजार र प्राविधिक एसएलसी तर्फ तीन हजार दुई सय ५५ जना विद्यार्थी सहभागी हुँदैछन् ।

परीक्षा तालिका

चैत १८ गते : अनिवार्य अंग्रेजी

चैत १९ गते : अनिवार्य नेपाली

चैत २१ गते : अनिवार्य गणित

चैत २२ गते : अनिवार्य विज्ञान

चैत २३ गते : अनिवार्य सामाजिक

चैत २४ गते : अनिवार्य स्वास्थ्य तथा जनसंख्या

चैत २५ गते : ऐच्छिक प्रथम

चैत २६ गते : ऐच्छिक द्धितीय

चैत २७, २८ र २९ गतेसम्म भने प्राविधिक तर्फका बाँकि विषयको परीक्षा सञ्चालन हुनेछ ।

Events
Random Picks