हाई अलर्ड’ मा रहन गुल्मीका सिडियोको आग्रह
24-May-2015

गुल्मी, जेठ १० – गए राती दुई बजेदेखि म्याग्दीमा गएको पहिरोले कालिगण्डकी नदी थुनिएपछि गुल्मीका सिडियोले त्यस नदी किनारमा रहेका गुल्मी जिल्लावासीलाई हाई एलर्डमा रहन आग्रह गरेका छन् ।

म्याग्दीको भगवती गाविस अन्तर्गत राम्चेको पहाडमा गएको पहिरोले बेनीघाटदेखिमाथि ९ किलोमिटर बैसरी भन्ने स्थानमा कालिगण्डकी थुनिएको र त्यो फुट्नसाथ गुल्मीको पुर्तिघाट, मिर्मी जलाशय, त्यस नजिकै पर्ने हर्मीचौर, अवेर्नी, ठुलोलुम्पेक, अस्लेवा रुद्रवेणी, रिडीलगायत त्यस नदी किनारमा घर–गोठ हुने सर्वसाधारणलाई सजग रहन गुल्मीका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले आग्रह गरेका छन् ।

Events
Random Picks