राजकुमार ह्यारीले भने, ‘गोर्खासँग तालिवानीसमेत डराउँथे’
20-March-2016

काठमाण्डु, ८ चैत– नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा २५ मिनेट भएको भेटमा ह्यारीले गोर्खा सैनिकहरुले बेलायतका लागि दिएको बलिदानको प्रशंसा गरे ।

आफूले सन २००७ मा अफगानिस्तानमा सात साता गोर्खा सैनिकहरुसँग रहेर तालिवानसँग लडाईँ लड्दाको अनुभव सुनाउँदै ह्यारीले राष्ट्रपति समक्ष भने, ‘गोर्खा सैनिक जवानदेखि तालिवानी आदतंकवादीसमेत डराउँथे । साँच्चै गोर्खाहरु बहादुर र साहसी छन् ।’ अन्नपूर्ण पोस्टबाट