रगत नपाएर छट्पटिँदै सुत्केरी
23-March-2016

मुगु – कार्कीबाडा–१ की २४ वर्षीया संगीता रावलले जिल्ला अस्पतालमा ३ दिनदेखि रगत पाइरहेकी छैनन् । दुई दिनअघि कार्कीबाडाकै विद्यालयमा सञ्चालित स्वास्थ्य शिविरमा जाँच गराउँदा उनी त्यही सुत्केरी भएकी थिइन् । रक्तश्राव नरोकिँदा जिल्ला अस्पताल ल्याइएको थियो ।

सन्तान जन्माएपछि अत्यधिक रक्तस्राव हुँदा उनी छट्पटाइरहेकी छन् । शरीरमा रगतको मात्रा ८.७ पिन्ट मात्र थियो । जिल्लामा रक्तसञ्चार केन्द्र छैन । भनेका बेला रक्तदान गर्ने भेटिन्नन् । रक्त समूह पनि मिल्नुपर्यो । सिकिस्त अवस्थाकी सुत्केरीलाई बचाउन चिकित्सक आफैं रगत खोजिरहेका थिए । रगत पाइए पनि ब्लड बैंक नहुँदा रावललाई रगत दिन कठिनाइ भएको जिल्ला अस्पतालका डा. रत्नवीर सुनारले बताए । ‘रगतको मात्र कम छ, भनेका बेला पाइँदैन,’ उनले भने । अस्तापलमा रहेको रगतको म्याद सकिएको र नेपालगन्जबाट झिकाउन पनि समयमै नसोच्दा सुत्केरीले दुःख पाएको चिकित्सकले बताए ।

आजको कान्तिपुर दैनिकमा खबर छ ।

Write a Comment

Events
Random Picks