बुबाले २५ हजार नदिएपछि बोतलले हानेर हत्या
25-March-2016

सिरहा, चैत १२ / सिरहाको धनगढीमाई नगरपालिका १० श्यामपुरका एक युवकले बोतलले हानेर बुबाको हत्या गरेका छन् । 

बिहीबार राति रक्सीले मातेका १९ वर्षका सञ्जय सदायले ४० वर्षका लक्ष्मी सदायको टाउकोमा वियरको वोतलले हानेको प्रहरीले बताएको छ । बोतल प्रहारबाट लक्ष्मी सदायको घटनास्थलमै ज्यान गएको हो ।

२५ हजार रुपैयाँ जवरजस्ती लिएर बाहिर जान लागेको बेला रोक्न खोज्दा सञ्जयले बुबाको टाउकोमा बोतलले हानेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । सञ्जयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव पोष्टमार्टमाको लागि लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ ।

 

Write a Comment

Events
Random Picks