१६ वर्षीया अञ्जुले शौचालयमा छोरा जन्माएर छिमेकीको घरमा फालेपछि…
25-March-2016

काठमाण्डु, १२ चैत– प्रहरीले अवैध गर्भधारण गरी बच्चा जन्माएर फाल्ने एक किरोशीलाई चाबहिलबाट शुक्रबार पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत्त गौशालाले छोरा जातको अवैध सन्तान जन्माएर फाल्ने महोत्तरी औरही–४ स्थायी घर भई काठमाण्डु–७ गौरीघाट बस्दै आएकी १६ वर्षीया अञ्जु मण्डललाई पक्रेको हो । स्थानीयले बेवारिसे नवजात शिशु देखेपछि प्रहरीमा खबर गरेका थिए । प्रहरी टोली पुग्दा शिशुको मृत्यु भइसकेको थियो ।

शिशुको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको गौशाला प्रहरीले जनाएको छ । गौशाला प्रहरी प्रमुख डिएसपी नारायण कार्कीका अनुसार अञ्जुको थापाथलीस्थित प्रसुतिगृहमा उपचार भइरहेको छ ।
कार्कीले अञ्जुको स्वास्थ्य अवस्था गम्भीर रहेको बताए । कार्कीको अनुसार अझै सालनाल झरेको छैन ।  अविवाहित अञ्जुले बाबुआमा घर गएका बेला एक युवकसँग आफ्नो शारीरिक सम्बन्ध रहेको बयान दिएकी छन् । युवकको नाम भने बताएकी छ्रैनन् । तर, युवक हाल वैदेशिक रोजगारीमा रहेको जनाएकी छन् ।

अञ्जुले बिहीबार राति ११ बजे भाडामा बस्दै आएको घरको शौचालयमा शिशु जन्माएकी थिइन् । पारिवारका सदस्यले चाल नपाउने गरी शिशुलाई उनले आफू बस्ने घरसँगै जोडिएको छिमेकीको घरको चेपमा लगेर फालेकी थिइन् ।
उज्यालो भएसँगै छिमेकीले शिशु देखेर प्रहरीमा खबर गरेका थिए । अञ्जु पशुपति मन्दिर परिसरमा आमाबाबुसँगै फूलको व्यापार गर्थिन् । प्रहरीले अञ्जुविरुद्ध कर्तव्य ज्यान मुद्धा दर्ताको तयारी गरेको छ ।

Events
Random Picks