भारतीय मिडियाको टिप्पणी– ‘नेपाल–चीन सम्झौताले भारतलाई चुनौती’
25-March-2016

काठमाण्डु, १३ चैत– प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको चीन भ्रमणमा भएका द्विपक्षीय सहमति र नेपाल–चीन सम्बन्धबाट नेपाल–भारत सम्बन्धको पारम्परिक हैसियतमा चुनौती देखा परेको भारतीय सञ्चारमाध्यमले टिप्पणी गरेका छन् । चीनसँगको निकटता र त्यसले नेपालको उत्तरसँगको आर्थिक तथा अन्य निकटता पनि भारतसँगको सम्बन्धकै मूल्यमा हुने उनीहरुको टिप्पणी छ ।

‘नेपालका प्रधानमन्त्रीले बेइजिङमा गरेको सम्झौता भारतका लागि खतरा हुन् । भारतको प्रभाव क्षेत्रमा चीनको प्रभाव बढ्नु भारतका लागि हितकर छैन–भारतीय टेलिभिजन जी न्यूजले प्रसार गरेको भिडियोमा भनिएको छ । अन्नपूर्ण पोस्टबाट

Write a Comment

Events
Random Picks