अ आ इ ई सिक्न नपाउँदै परीक्षा
26-March-2016

सप्तरी, १४ चैत– धनुषा घोरघासस्थित मीनपिला राष्ट्रिय प्राविका कक्षा एकका ४६ विद्यार्थीहरु शून्यदेखि ४० सम्म मात्रै भन्न र लेख्न सक्छन् । बाँकी सिकाउन नपाउँदै वार्षिक परीक्षा सुरु भयो । ‘अ, आ, इ, ई समेत सिक्न पाएनन् । उनीहरुले ‘ क्यापिटल’ एबिसिडी सिके । स्मल सिक्नै पाएनन् ।

कक्षा एकमा क देखि ज्ञसम्म अआइई र शून्यदेखि १०० सम्म सिक्नु पर्ने हो । तर, भूकम्प र तराई आनदोलनले शैक्षिक संस्था महिनौं बन्द भएपछि विद्यार्थीको सिकाई उपलब्धिमा पनि असर पर्यो ।

कान्तिपुर दैनिकबाट

Write a Comment