मौसमविदले काठमाडौं वासीलाई घरभित्रै बस्न सल्लाह,हावाहुरीमा परी ४ घाइते (भिडियो सहित)
28-March-2016

सोमबार, १५ चैत
काठमाडौं। काठमाडौं उपत्यकामा सोमबार दिउँसो तीव्र गतिमा हावाहुरी चलेको छ । जसका कारण यसै पनि फोहोर काठमाडौं झनै धुलाम्मे भएको छ ।
मौसमविदले खतरनाक हावाहुरी चलेपछि काठमाडौं उपत्यका वासीको नाममा
हावाहुरी चलेको समय घरभित्रै बस्न, ठूला रुख तथा अस्थायी संरचना मुनि नबस्न भन्दै अनुरोध समेत गरेका छन् ।

हावाहुरीले कार्यालय र सडकमाथि राखेका साइन बोर्ड, होडिङ बोर्ड खसेका छन्। अचानक अाएको भिषण हावाहुरीका कारण बजार र सार्वजनिक स्थलमा रहेका हजारौं सर्वसाधारण प्रभावित भएका छन्। केही दिनयता राजधानीको बायुमण्डलमा धुलो जम्मा भएको थियो। हावाहुरीसँगै धुलो उड्दा सर्वसाधारण प्रभावित भएका हुन्।हावाहुरीमा परी ४ जना घाइते भएका छन्। त्रिचन्द्र कलेज अगाडी २ जना, काँडाघारीमा १ जना र स्वयम्भुमा १ जना घाइते भएको प्रहरीले जनाएको छ।

Write a Comment